काठमाण्डु, ९ मंसिर – नेपाली कांग्रेसको विधान संशोधन मस्यौदा समितिले क्रियाशील सदस्यको नयाँ व्यवस्था केन्द्रीय समितिमा प्रतिवेदन पेश गरेको छ ।
आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री एवं विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले मस्यौदा पेश गरेका हुन् ।
समितिले कांग्रेस विधानमा २१ वटा मूलभूत विषय संशोधनका लागि प्रस्ताव गरेको छ । विधानमा कांग्रेसको साधारण सदस्यतालाई कांग्रेसको सदस्य र नवीकरण गरेपछि स्वतः क्रियाशील सदस्य रहने व्यवस्था गरिएको छ ।
विधानमा केन्द्रीय विभाग २८ र प्रदेशको विभाग २२ गरी केन्द्रीय विभागका सदस्यको संख्या ५१ पुर्याइएको छ । यस्तै एउटै व्यक्ति एकभन्दा बढी संघ–संस्थाको सदस्य बन्न नपाउने व्यवस्था विधानमा समेटिएको छ ।
विधान संशोधन मस्यौदामा केही सदस्यले राखेका फरक मत पनि समावेश गरिएको छ । अब बस्ने केन्द्रीय समिति बैठकले मस्यौदा पारित गरी अनुमोदनका लागि महासमिति बैठकमा लैजाने छ ।
मस्यौदाको पूर्णपाठ
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत नेपाली कांग्रेस केन्द्रीय विधान संशोधन मस्यौदा समितिको
प्रतिवेदन
आदरणीय सभापतिज्यू,
विषय: प्रतिवेदन सम्बन्धमा ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ बैशाख १६ गते सम्पन्न बैठकको निर्णय अनुसार नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाद्वारा नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा २४ (८) बमोजिम २०७५ भाद्र ७ गते देहाय बमोजिम “नेपाली कांग्रेस केन्द्रीय विधान संशोधन मस्यौदा समिति” को गठन गर्नु भएको थियो । १. महामन्त्री श्री पूर्णबहादुर खड्का –संयोजक २. केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल –सदस्य ३. केन्द्रीय सदस्य श्री फरमूल्लाह मंसुर –सदस्य ४. केन्द्रीय सदस्य श्री मानबहादुर विश्वकर्मा –सदस्य ५. केन्द्रीय सदस्य श्री दिलेन्द्रप्रसाद बडू –सदस्य ६. केन्द्रीय सदस्य श्री महालक्ष्मी उपाध्याय …डिना’ –सदस्य ७. केन्द्रीय सदस्य श्री आनन्दप्रसाद ढुंगाना –सदस्य ८. केन्द्रीय सदस्य श्री नविन्द्रराज जोशी –सदस्य ९. केन्द्रीय सदस्य श्री सिता गुरुङ्ग –सदस्य १०. केन्द्रीय सदस्य श्री प्रदिप पौडेल –सदस्य ११. केन्द्रीय सदस्य श्री रमेश लेखक –सदस्य साथै, २०७५ भाद्र १७ गते जिल्ला सभापतिहरुको तर्फबाट श्री मदनबहादुर अमात्य र श्री अमरसिंह पुनलाई समितिको स्थायी आमन्त्रीत सदस्यको रुपमा मनोनयन गरिएको थियो । यस समितिको गठन लगत्तै २०७५ भाद्र ८ गते बसेको समितिको प्रथम बैठकबाट यस समितिको सदस्य–सचिवमा पार्टी केन्द्रीय कार्यालयका सचिव अधिवक्ता केशव रिजाललाई नियुक्त गर्ने निर्णय ग¥यो । २०७५ भाद्र १० गते बसेको बैठकले केन्द्रीय विधान संशोधन मस्यौदा समितिको कार्यविधि २०७५ लाई स्वीकृत ग¥यो । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, नेपाली कांग्रेस संसदीय दल, नेपाली कांग्रेस प्रदेश सभा संसदीय दल, पार्टीका भ्रातृ संघ एवं शुभेच्छुक संस्थाहरु, विदेशस्थित जनसम्पर्क समितिहरुलाई पार्टीको विधानमा के कस्तो संशोधन र परिमार्जन आवश्यक छ, सो सम्बन्धमा २०७५ भाद्र २१ गतेभित्र केन्द्रमा आइपुग्ने गरि लिखित राय सुझाव दिनका लागि अनुरोध गर्ने समितिको निर्णय सहित पत्राचार गरिएको थियो । सोही दिनको बैठकको निर्णयबाट नेपाली कांग्रेसका सदस्यहरु, मतदाताहरु लगायत सर्वसाधारण सबैबाट पार्टीको विधानमा गरिनु पर्ने संशोधन र परिमार्जनका विषयमा राय सुझाव दिनका लागि अनुरोध सहित सूचना समेत जारी गरिएको थियो । यसैगरी, २०७५ भाद्र १५ गते बसेको बैठकले पार्टीको विधान संशोधनका विषय, सिद्धान्त र आधारहरुको पहिचान गरि तीनवटा उपसमिति गठन गरि समितिको कामलाई अगाडि बढाउनेनिर्णय ग¥यो । जसअनुसार (१) संरचना सम्बन्धि उपसमिति (२) कार्यविभाजन सम्बन्धि उपसमिति (३) अन्य निकाय तथा आन्तरिक व्यवस्थापन सम्बन्धि उपसमिति । उपरोक्त तीनवटै उपसमितिहरुलाई पार्टीको विद्यमान विधानका सम्पूर्ण शीर्षकको विभाजन गरि संशोधनका विषयमा मस्यौदा तयार गर्नका लागि जिम्मेवारी प्रदान गर्ने निर्णय गरियो । साथै, समितिका सदस्यहरु डा. मिनेन्द्र रिजाल, श्री दिलेन्द्रप्रसाद बडू, श्री सीता गुरुङ्ग र श्री मदनबहादुर अमात्य – कार्य विभाजन सम्बन्धि उपसमितिमा, श्री फरमुल्लाह मंसुर, श्री महालक्ष्मी उपाध्याय …डिना’, श्री आनन्दप्रसाद ढुंगाना र श्री नविन्द्रराज जोशी – संरचना सम्बन्धि उपसमितिमा र श्री मानबहादुर विश्वकर्मा, श्री प्रदिप पौडेल, श्री रमेश लेखक र श्री अमरसिंह पुन – अन्य निकाय तथा आन्तरिक व्यवस्थापन सम्बन्धि उपसमितिमा रहेर कार्य गर्ने गरि जिम्मेवारी प्रदान गरिएको थियो ।
उपरोक्त उपसमितिहरुलाई २०७५ भाद्र २३ गतेभित्र तोकिए बमोजिमका सम्बन्धित शीर्षकमा संशोधनको मस्यौदा तयार गर्नका लागि समयावधि तोकिएको थियो । त्यसपछि उपसमितिहरुले तयार गरेका मस्यौदा समितिमा प्राप्त भएपछि उक्त अलग–अलग मस्यौदालाई एकिकृत गरि पार्टी केन्द्रमा प्राप्त सुझाव समेत समेटेर समितिको पूर्ण बैठकमा पेश गर्नका लागि श्री दिलेन्द्रप्रसाद बडू, श्री आनन्दप्रसाद ढुंगाना र श्री रमेश लेखक रहनु भएको एक छुट्टै उपसमितिको गठन गरि २०७५ आश्विन १ गतेभित्र विधान संशोधनको प्रारम्भिक एकिकृत मस्यौदा तयार गरि समितिको बैठकमा पेश गर्नका लागि जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको थियो । २०७५ भाद्र १७ गते पार्टी विधानमा गरिनु पर्ने संशोधन र परिमार्जनका विषयमा पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय दलका उपनेता, प्रमुख सचेतक, राष्ट्रिय सभा संसदीय दलका नेतासंग यस समितिले छलफल गरि राय सुझाव लिने कार्य गरेको थियो । साथै, २०७५ आश्विन ३ गते बसेको समितिको बैठकले समितिद्वारा तयार गरिएको पार्टी विधानको प्रारम्भिक मस्यौदालाई सर्वसम्मत रुपमा पास गर्ने निर्णय ग¥यो र उक्त मस्यौदा उपर राय सुझाव संकलनका लागि देशभरका सातवटै प्रदेशका बाह्र स्थानमा राय सुझाव संकलन भेलाको आयोजना गर्ने निर्णय ग¥यो । जस अनुसार, २०७५ आविश्न ८ र ९ गते इलाम, आश्विन ११ र १२ गते विराटनगर, आश्विन ९ र १० गतेजनकपुर, आश्विन १२ र १३ गते विरगंज, आश्विन ८ र ९ गते पार्टी केन्द्रीय
कार्यालय सानेपा, आश्विन ११ र १२ गते धुलिखेल, आश्विन ९ र १० गते भैरहवा, आश्विन १२ र १३ गते घोराही, आश्विन ८ र ९ गते विरेन्द्रनगर र आश्विन ११ र १२ गते धनगढीमा पार्टीका केन्द्रीय पदाधिकारी, पूर्व पदाधिकारीहरुको प्रमुख उपस्थिति र पार्टीका केन्द्रीय सदस्यहरु एवं विधान मस्यौदा समितिका सदस्यहरुको उपस्थितिमा महासमिति सदस्य, जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि, सांसद, पूर्व सांसद, जिल्लास्थित भ्रातृ एवं शुभेच्छुक संघ संस्थाका अध्यक्ष÷सभापतिको उत्साहजनक सहभागितामा राय सुझाव संकलन कार्यक्रमहरु सम्पन्न भए । राय सुझाव संकलनका उल्लेखित सबै स्थानमा भएका कार्यक्रममा कार्यक्रम संचालन विधि, सहभागिता, आवास भोजन लगायतका विषयमा एकनासको मापदण्ड निर्धारण गरि राय सुझाव संकलनका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरिएको थियो । यस समितिको २०७५ साल आश्विन १७ गते बसेको बैठकले देशका १२ वटै स्थानमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भई विधान मस्यौदा संशोधन समितिको कार्यलाई हौसला प्रदान गर्नु भएकोमा पार्टी सभापति, वरिष्ठ नेता, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री, पूर्व पदाधिकारी एवं केन्द्रीय सदस्यहरु लगायत सहभागि महासमिति सदस्य, जिल्ला सभापति, आयोजक जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, सांसद, पूर्व सांसद, जिल्लास्थित भ्रातृएवं शुभेच्छुक संघ संस्थाका अध्यक्ष÷सभापति, सहजीकरणमा सहयोगी डेमोक्रेटिक लयर्श एशोसिएसनका साथीहरु र समाचार प्रकाशन, प्रशारण र सम्प्रेषणमा सहयोग पु¥याउने सम्पूर्ण संचारकर्मी साथीहरु लगायत सबैलाई हार्दिक धन्यवाद प्रकट गर्नेनिर्णय गरिएको थियो ।
त्यसपछि, सातवटै प्रदेशमा खटिनु भएका समितिका सदस्यहरुले संकलन गर्नु भएको राय सुझावलाई टोली प्रमुखद्वारा २०७५ आश्विन १७ गतेको समितिको बैठकमा प्रस्तुत गर्नु भएको थियो । सातवटै प्रदेशबाट प्राप्त सुझावलाई अध्ययन गरि विधान संशोधनको मस्यौदा उपर पुनः दफावार छलफल गरि मस्यौदालाई परिष्कृत गर्ने कार्य प्रारम्भ गरियो ।
२०७५ भाद्र ८ गतेदेखि २०७५ मंसिर ८ गतेसम्म यस समितिका जम्मा २९ वटा औपचारिक बैठक बसेको र करिव ३५० घण्टा कार्य गरेको तथा अनेक अनौपचारिक बैठक बसि विधान संशोधनको मस्यौदा उपर गहन अध्ययन, विश्लेषण र छलफल गरेको थियो । यस समितिले गठन गरेका विभिन्न उपसमितिहरुको छुट्टाछुट्टै बैठक पनि दर्जनौ पटक बसेर विधान संशोधन मस्यौदा समितिको कार्यलाई सहज र व्यवस्थित गर्नका लागि विभिन्न निर्णय गरि तोकिएको कार्य सम्पन्न गरेको थियो । यस समितिको गठन पश्चात करिव दैनिक जसो समितिका औपचारिक, अनौपचारिक बैठक, छलफल, भेलाको आयोजना गरि नेपाली कांग्रेसको ऐतिहासिक विधानलाई मुलुकको संघीय संरचना र समयानुकुल संशोधन र परिमार्जन गर्नका लागि पार्टीका सबै तह र जिम्मेवारीमा रहेका सदस्य, समर्थक, शुभेच्छुक समेत सबैबाट राय सुझाव संकलन कार्यलाई निरन्तरता दिंदैथप राय सुझाव पनि प्राप्त भएका थिए । देशका बाह्रै स्थानमा आयोजित राय सुझाव संकलन भेला, हेटौडामा सम्पन्न
जिल्ला सभापतिहरुको राष्ट्रिय भेला, भ्रातृ एवं शुभेच्छुक संघ संस्थाबाट प्राप्त सुझाव, स्वदेशभित्र र वाहिरबाट प्राप्त राय सुझाव समेतलाई गम्भीर छलफल र विश्लेषण गरि समितिले नेपाली कांग्रेसको विधान २०१७ मा आवश्यक संशोधन र परिमार्जनका लागि प्रस्तावित मस्यौदा तयार गरि यसै प्रतिवेदनका साथ केन्द्रीय कार्यसमितिको यो बैठकमा समितिका तर्फबाट प्रस्तुत गरेको छु ।
प्रस्तुत मस्यौदामा उल्लेखित नयाँ व्यवस्था र संशोधनका लागि प्रस्तावित मूलभूत विषयहरु संक्षेपमा देहाय बमोजिम रहेका छन् ।
१. प्रस्तावनामा केही तथ्यगत ऐतिहासिक घटनाक्रम थप गरिएको छ । २. विद्यमान विधानमा कायम साधारण सदस्यता हटाई “नेपाली कांग्रेसको सदस्य” बनाइएको छ, र नवीकरण पश्चात नेपाली कांग्रेसको सदस्यलाई क्रियाशील सदस्य भनिनेछ । ३. सदस्यता वितरण कार्यलाई सहज र व्यापक बनाइएको छ । ४. सदस्यता प्राप्त गर्नका लागि र नवीकरण गर्नका लागि संस्थागत एवं पारदर्शी कार्यविधि, आवश्यक योग्यता, शिफारिस गर्ने प्रक्रिया, सदस्यता प्रदान गर्ने तथा नवीकरण गर्ने कार्यविधि, सदस्यता सम्बन्धी उजुरी र पुनरावेदन सम्बन्धि व्यवस्था, केन्द्रीय सदस्यता व्यवस्थापन समिति सम्बन्धि व्यवस्था, सदस्यता दर्ता किताव, विदेशी जनसम्पर्क समिति सम्बन्धि व्यवस्था, सदस्यता सम्बन्धि अन्य थप व्यवस्था सम्बन्धि प्रावधान स्पष्ट उल्लेख गरिएको छ ।
५. स्थानीय तहकोसंगठनको छुट्टै परिच्छेदमा स्पष्ट व्यवस्था गरिएको छ । – टोल कार्यसमिति –गाउँपालिका वडा कार्यसमिति÷ नगरपालिका÷उपमहानगर÷महानगर वडा कार्यसमिति– गाउँपालिका कार्यसमिति÷नगरपालिका÷उपमहानगरपालिका÷ महानगरपालिका कार्यसमिति– प्रदेश सभा क्षेत्रीय कार्यसमिति– प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति –जिल्ला कार्यसमिति तथा कार्यसम्पादन समितिहरु ।
६. प्रदेश कार्यसमिति, प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश महासमिति सदस्य सम्बन्धि व्यवस्था गरिएको छ । ७. केन्द्रीय महाधिवेशन प्रतिनिधि र केन्द्रीय महासमितिको सदस्यको संख्या पुरानो संख्यामा नघट्ने गरि कायम गरिएको छ । ८. केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिको संख्यामा परिवर्तन गरिएको छ । ९. पार्टीको तर्फबाट सबै तहमा हुने उम्मेदवारको योग्यता, संसदीय समिति, तहगत रुपमा उम्मेदवारको सिफारिस, उम्मेदवारको अनुमोदन र निर्णय सम्बन्धि व्यवस्थालाईविकेन्द्रीत गरि छुट्टै परिच्छेदमा व्यवस्था गरिएको छ । १०. अनुशासन समिति सम्बन्धि व्यवस्थालाई थप फराकिलो र व्यवस्थित बनाइएको छ (तहगत पुनरावेदनको व्यवस्था सहित केन्द्रीय–प्रदेश– जिल्ला अनुशासन समिति गरि तीन तहको व्यवस्था गरिएको) । ११. केन्द्रीय निर्वाचन समिति सम्बन्धि व्यवस्थालाई थप परिष्कृत गरिएको छ । १२. केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको नाम संशोधन गरि केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कायम गरिएको छ । काम, कर्तव्य र अधिकार सम्बन्धि थप व्यवस्थाहरु स्पष्ट गरिएको छ । स्थायी सचिवालयको व्यवस्था, सदस्यको संख्या थप गरि ५१ गरिएको छ ।
१३. केन्द्रीय विभाग (२८ वटा) प्रदेश विभाग (२२ वटा) हरुको व्यवस्था गरि केन्द्रीय विभागको सदस्य संख्या ५१ कायम गरि काम, कर्तव्य र अधिकार स्पष्ट गरिएको छ । १४. भ्रातृ संघ र शुभेच्छुक संस्था सम्बन्धि व्यवस्थालाई थप व्यवस्थित बनाई पार्टीको जिम्मेवारी र भ्रातृसंघ÷शुभेच्छुक संस्थाका जिम्मेवारीको बारेमा थप स्पष्ट बनाइएको छ । १५. नेपालको संविधान र प्रचलित कानूनलाई समेत मध्यनगर गरि सबै तहका संरचनामा सम्बन्धित तहको भूगोल र जनसंख्याको बनोट अनुसार समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्थालाई सुनिश्चित गरिएको छ । १६. पार्टीका सबै तहका कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापति पछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुनेव्यवस्था थप गरिएकोछ । १७. संक्रमणकालीन अवस्थाका बारेमा स्पष्ट व्यवस्था गरिएको छ । १८. पार्टीमा विशिष्ठ योगदान पु¥याएका, २०४६ पूर्व पार्टीको पदाधिकारी भई काम गरेका तथा राष्ट्रिय जीवनका विविध क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिलाई पार्टीले सम्मान र अभिनन्दन गर्ने व्यवस्था गरिएको छ । १९. जिल्ला –जिल्ला÷प्रदेश÷केन्द्र सम्पर्क समितिको व्यवस्था गरिएको छ । २०. एउटै व्यक्ति पार्टी र भ्रातृ संघ एवं शुभेच्छुक संस्थाको दोहोरोजिम्मेवारीमा रहन नपाउने व्यवस्था थप गरिएको छ । २१. एउटै व्यक्ति एक भन्दा बढी भ्रातृ संघ÷शुभेच्छुक संस्थाको सदस्य हुन नपाउने व्यवस्था थप गरिएको छ ।
नेपाली कांग्रेसको विधानलाई संशोधन गर्ने कार्य आफैमा अत्यन्त चुनौतीपूर्ण र जिम्मेवारीपूर्ण कार्य रह्यो । देशभरका पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकको भावनालाई समेटेर विधान मस्यौदा तयार गर्नु सजिलो कार्य थिएन । तथापी, यस समितिले यथासम्भव सबैकोभावनालाई समेट्नेगरि समयानुकुल विधान संशोधनको मस्यौदा तयार गर्ने कोशिष गरेको छ ।
नेपाली कांग्रेसका सदस्य, समर्थक, शुभेच्छुकका साथै स्वदेशभित्रका अन्य राजनीतिक दल, नागरिक समाज लगायत अन्य छिमेकी देशका राजनीतिक दलहरुले समेत नेपाली कांग्रेसको विधानले गर्ने नयाँ व्यवस्थाका बारेमा चासो व्यक्त गरिरहेको अवस्थामा केन्द्रीय कार्यसमितिको यो सम्मानीत बैठकले सबैको भावनालाई आत्मसात गरि पार्टी संगठनलाई थप क्रियाशील र सुदृढ हुने गरि यथाशक्य सर्वस्वीकार्य विधानको मस्यौदा तयार गरि आगामी महासमितिको बैठकमा प्रस्तुत गर्नेछ भन्ने विश्वास यस समितिले लिएको छ ।
अन्त्यमा, नेपाली कांग्रेसको विधानलाई संशोधन र परिमार्जन गर्नका लागि गठित समितिको संयोजकको जिम्मेवारी प्रदान गर्नु भएकोमा पार्टी सभापतिज्यू र सिंगो केन्द्रीय कार्यसमितिप्रति मेरो व्यक्तिगत र समितिको तर्फबाट हार्दिक धन्यवाद प्रकट गर्दछु । साथै, आफ्ना पूर्व निर्धारित विभिन्न महत्वपूर्ण कार्यक्रमहरुलाईसमेत स्थगन गरि साझा दायित्व र जिम्मेवारीका साथ समितिको कार्यमा अहोरात्र खट्नु हुने समितिका सदस्य साथीहरु, समितिका सदस्य सचिव लगायत केन्द्रीय कार्यालयबाट समितिको कार्यमा खटिएका कर्मचारी साथीहरु, संचारकर्मी मित्रहरु र समितिको कार्यमा सहयोग पु¥याउनु हुने सबैप्रति हार्दिक धन्यवाद प्रकट गर्दछु । जय नेपाल !
पूर्णबहादुर खड्का महामन्त्री एवं
संयोजक, विधान संशोधन मस्यौदा समिति –२०७५
२०७५ मंसिर ९ गते ।










