अदालतको नयाँ संगठन संचरना निर्माण भएको छ । सरकारले अदालतको संगठन संरचना टुंग्याएको छ ।

मन्त्रिपरिषद्को मंसिर ३ गतेको बैठकले सर्वोच्च अदालत, मातहतका निकायको संगठन संरचना र दरबन्दी सम्बन्धी नयाँ पदहरूको व्यवस्था गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नयाँ संगठन संरचनाअनुसार एक हजार ३३९ दरबन्दी तय भएका छन् । नयाँ सिर्जना गरेका संगठन संरचना दरबन्दीमध्ये सर्वोच्च र उच्च अदालतका लागि चार सय २४ दरबन्दी छन् । यो दरबन्दी आ.व.२०७५–०७६ मा लागू हुनेछ ।

जिल्ला अदालतहरूका लागि पाँच सय २७ दरबन्दी छन् जुन आ.व.२०७६–०७७ मा लागू हुने उनले बताएका छन् ।

वैदेशिक रोजगार न्यायाधीकरण, प्रशासकीय अदालत, ऋण असुली पुनरावेदन न्यायाधिकरण, सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालय, श्रम अदालतलगायतका लागि तीन सय ८८ वटा दरबन्दी तय गरिएको र यी दरबन्दी आ.ब.२०७७–०७८ मा लागू हुने मन्त्री बाँस्कोटाले जानकारी दिए ।