आज बिहान ९ बजे बस्ने भनिएको नेकपा केन्द्रीय सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ।

शनिबार (८ मंसीर) बसेको सचिवालयको बैठकले आज बैठक बस्ने र केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुङ्ग्याउने सहमति गरेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘तर, अकस्मात आजको बैठक स्थगित गरियो’ नेकपाका एक नेताले भने, ‘कारण चाहिँ केहीपनि बताइएको छैन।’

आजको बैठक भोलिका लागि तय गरिएको छ, तर समय चाहिँ यकिन नगरिएको ती नेताले बताए।

केन्द्रीय सदस्यहरुको कार्यविभाजन तय गर्ने अन्तिम तरखरमा रहेको नेकपाले प्रदेश कमिटीलाई पूर्णता दिनपनि अन्तिम तयारी गरेको छ।

गृहमन्त्री रामबहादुर थापा र महासचिव बिष्णु पौडेलले तयार पारेको यस सम्बन्धी प्रतिवेदनलाई सचिवालयले भोलि अन्तिम रुप दिनेछ।

‘सम्भवत भोलि नै सबै प्रदेश कमिटीहरुले पूर्णता पाउनेछन्’ ती नेताले बताए, ‘प्रतिवेदन अध्यक्षद्वयले अध्ययन गरिरहेका छन्।’ नेपाल खबर बाट