काठमाडौं, १० मंसिर । काठमाडौंको डिल्लीबजारमा रहेको एक फर्निचरको फ्याक्ट्रीमा आगलागी भएको छ । आगलागी भएको स्थानमा दमकल आईपुग्न समय लागेकोले ठूलो क्षति भएको अनुमान गरिएको छ ।
दुई वटा दमकलले आगो निभाउने प्रयास गरेपनि अझैसम्म आयोग नियन्त्रणमा आउन नसकेको प्रत्यक्षदर्शी उमेश योगीले हामीलाई जानकारी दिए । तस्विर : उमेश योगी










