दमक। झापाको दमकमा रहेको सर्बोदय अंग्रेजी बोर्डिङ्ग स्कुलको दुई दिने निःशुल्क दन्त्त शिविर सम्पन्न भएको छ । दमककै ऊँ शान्ति डेन्टल हस्पिटलको प्राविधिक सहयोगमा राखिएको सो शिविरमा ५ सय ६० जनाको निःशुल्क दन्त्त परीक्षण गरिएको हस्पिटलका बजार व्यबस्थापक कमल गैरेले जानकारी दिनुभयो ।

शिविरमा स्कुलमा अध्ययनरत विद्यार्थी तथा अभिभावक गरी ५ सय ६० जनाको दन्त्त परीक्षण गरिएको थियो । शिविरमा डा. कृतिका श्रेष्ठ र डा. इमाम खानले उपस्थित विद्यार्थी तथा अभिभाबकहरुलाई दाँतको महत्व र सफाइको बारेमा जानकारी पनि दिनुभएको गैरेले बताउनु भयो । दन्त्त परीक्षणका क्रममा ६१ जनाको दाँत फुकालिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२०७५, मंसिर ११