झापाको कमल गाउँपालीका वडा नम्बर ३ केर्खामा आज अपरान्ह भएको सावरी दुर्घटनामा ४ जना घाईते भएका छन् । पश्चिम बाट पुर्व जाँदै गरेको मे १ च ४६६९ नम्बरको मारुती भेनलाई सोहि दिशा तर्पm जाँदै गरेको मे १ च ५०५४ नम्बरको पिकअप भेनले ठक्क दिँदा मारुतीमा सवार चार जना घाईते भएका हुन ।
मारुतीमा सवार झापा कन्काई नगरपालीका वडा नम्बर १ निवासी २८ बर्षिय रामप्रसाद ढुंगाना, २८ बर्षिय तारा ढुंगाना, ३० बर्षिय मिना ढुंगाना र मिनाको छोरा २ बर्षिय जोनिस ढुंगाना घाईते भएको ईलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । घाईते मध्य मिनाको टाउकोमा गम्भिर चोट भएकोले बिर्तामोडस्थित बि एण्ड सि अस्पतालमा उपचार भैरहेको छ










