दमक/लायन्स क्लव अफ दमक स्वीटसिटीले मानवीय सेवालाइ ग्रामिण क्षेत्रमा केन्द्रित गर्न थालेको छ । दमकमा मात्र नभएर उत्तरी पहाडि जिल्लाको बिकट क्षेत्रमा समेत आफ्ना कार्यक्रमहरु गर्दै आएको छ ।
यसै सन्दर्भमा मंगलवार क्लवले इलामको चुलाचुली ५ मा निशुल्क स्वास्थ शिबिर गरेको क्लवका संस्थापक अध्यक्ष विश्वासकुमार काश्यपले बताए । दमकबाट बिशेषज्ञ सहितको टोली लगिएको उनले बताए ।
क्लवका खेम सापकोटाका अनुसार पाथिभरा आइ क्लिनिक, निम्स नेश्नल अस्पताल र आमा डेन्टल केयरको सहयोग रहेको थियो । ३ सय ४२ जना बिरामीले सेवा लिएका उनले जनाए ।
कार्यक्रमको संयोजक टीका सापकोटाका अनुसार भौगोलिक रुपमा बिकट रहेकाले यो ठाँउमा स्वास्थ्य शिबिर गरिदा स्थानीयहरुले राहत पाएकाछन् । लायन्स क्लवहरुले स्वास्थ्य क्षेत्रलाइ बिशेष प्राथमिकतामा राखेर काम गर्दै आएकाछन् ।










