पर्सामा प्रहरी उपरीक्षक (एसपी) लाई घुस दिन खोजेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा विश्वजीत चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ  ।

पटके सवारी कर संकलन गर्ने युवाहरु प्रति नरम भईदिन आग्रह गर्दै उनले २५ हजार घुस दिन खोजेको बताईएको छ । मंगलबार दिउँसो एसपी रेवती ढकालको कार्यकक्षमै आएर उनले घुस दिन खोजे पछि चौरसियालाई प्रहरीले पक्रेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड