इटहरी । सुनसरीको इटहरीस्थित व्यस्त बजारमा छुरा प्रहार गरी मनि ट्रान्सफर लुटिएको छ । इटहरीको बिराटनगर लाईनस्थित एक्टिभ मनि ट्रान्सफरका संञ्चालकलाई अज्ञात व्यक्तिले छुरा प्रहार गरी नगद लुटेर भागेका हुन ।
मुखमा कालो पट्टी बाधेर आएका व्यक्ति र संञ्चालक बिच केही समय घम्साघम्सी समेत भएको थियो । सो क्रममा लुटेराको छुरा प्रहारबाट संञ्चालकलाई घाइते बनाएर काउन्टरमा रहेको नगद लुटिएको हो । मनि ट्रान्सफरसगै रहेको मेघा डेण्टलका डा. तृप्त नारायण यादवले घाइते संञ्चालकलाई अस्पताल पुर्याएका थिए ।
मनि ट्रान्सफर ठिक अगाडी केही मिटरको दुरीमा प्रहरी बिट रहेको छ । घटना भएको आधा घण्टापछि मात्र प्रहरीको टोली घटनास्थल पुगेको थियो । इलाका प्रहरी कार्यालय इटहरीले घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ ।










