आलोक यादव : लहान ,मंसिर १२ गते बुधबार । लहान नगरपालिका वडा नम्बर ३ अस्पताल चौकमा लहान रिफरेन्स ल्यवरोटरीको स्थापना भएको छ । अहिले सम्म लहान एरियामा यस्तो किसिमको सेवा नभएको ठाउँमा यो सेवा बिरामीहरुको दिने उद्देशयले यस ल्यावरोटरीको स्थापना भएको हो ।

प्रदेश नम्बर २ का कानून तथा अर्थ मंत्रि विजय कुमार यादवको प्रमुख अतिथिमा रहनु भएको थियो । वहाँले् दिप प्रज्जवलन गरी उदघाटन गरिएको थियो । विशिष्ट अतिथिको रुपमा माईक्रोवायोलोजीका शिक्षक कमल पराजुली, अतिथिमा वायोकिमिस्टका प्रमाण साह रहनु भएको थियो । यस ल्यावरेटरीमा मलेरीया रोग, टि वी रोग तथा होल बडीको ल्याव टेस्ट गरिनेछ । ब्रिटेन नेपाल आई एन जियोको सहयोगमा स्थापना भएको हो । यसमा नयाँ भरसनको मेशिनहरुद्धरा चेक जाँच गर्नुका साथै प्रत्येक महिनामा एक दिन निशुल्क रुपमा जाँच गरिने ल्यवरोटरीका प्रोप्राईटर विजय कुमार यादवले जानकारी दिनु भएको छ । कार्यक्रममा राजनितिक दलका प्रतिनिधिहरु,समाजसेवि बुद्धिजिवि, युवा तथा पत्रकारहरुको सहभागी रहेको थियो ।