दमक। झापा दमकका बाल कलाकार टिकाराम धिमाल भुइकटहरको परिवारलाई आज घर हस्तान्तरण गरिएको छ । दमक ३ मा घर निर्माण सम्पन्न भएसँगै एक कार्यक्रमको आयोजना गरि घर हस्तान्तरण गरिएको हो । सामाजिक संजाल युट्युवमा उनको पारिवारिक दर्दनाक भिडियो बाहिरीएपछि स्वदेश तथा विदेशमा रहेका सयौ नेपालीहरुले सहयोग गर्दै घर निर्माणका लागि भन्दै रकम पठाएका थिए ।
सामाजिक अगुवा पूर्ण वाइबाको संयोजकत्वमा गठित घर निर्माण तथा समितिले घर निर्माण कार्य शुरु गरेको थियो । सानो तर चिटिक्क परेको उक्त घरको लागत घरमा राखिएका सम्पूर्ण श्रृंगारिक तथा किचन सामान सहित ७ लाख ७९ हजार रहेको घर निर्माण तथा आर्थिक समितिका संयोजक पूर्ण वाइबाले जानकारी दिनुभयो ।
वहाँले घर हस्तान्तरणका क्रममा आयोजना गरिएको कार्यक्रमको सम्पूर्ण खर्च र जग्गा खरिदको ५ लाख २५ हजार १४ लाख लागेको बताउँनु भयो । भइकटहरको नाममा अझै ४ लाख बचत समेत गरिदिएको पनि वाइबाले जानकारी दिनु भयो । वहाँले भुइकटहरको परिवारको दुःख देखेर आफ्नो गाँस काटेर रकम पठाउँने कसैके मनमा ठेस नलागोस भनि तामझाममा खर्च नगरि कम खर्चमा घर हस्तान्तण कार्यक्रम गरेको पनि बताउँनु भयो ।
वहाँले आँफ्नो नाममा सहयोग पठाउँने सबैको नामावली र रकम सामाजिक संजालमा राखिएको र सो हेर्न पनि सबैमा अनुरोध पनि गर्नु भएको छ । संयोजक वाइबाले अरुले उठाएर दिएको रकमको भने नामावली नदिएकोले त्यो भने राख्न नसकेको स्पष्ट पनि पार्नु भयो ।










