काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले प्रदेश कमिटि एकतालाई पूर्णता दिएको छ।

बुधबार बसेको सचिवालय बैठकले सातै प्रदेश कमिटिको एकीकरणलाई पूर्णता दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘सातै प्रदेश कमिटिको एकीकरणलाई पूर्णता दिइयो अर्थात् सबै प्रदेश कमिटिका सदस्यको नाम टुंगो लगायो’, प्रवक्ता श्रेष्ठले भने।

सचिवालयको अर्को बैठकमा केन्द्रीय समिति सदस्यको कार्यविभाजन, जिल्ला समितिको मुख्य नेतृत्वको चयन प्रक्रियामाथि छलफल गर्ने प्रवक्ता श्रेष्ठले प्रष्ट पारे।

सात प्रदेश कमिटिको एकतालाई बैठकले पूर्णता दिए पनि कमिटि सदस्यको नाम भने बिहीबार मात्र सार्वजनिक हुने श्रेष्ठले बताएका छन्।