बारा । बारामा एक जना महिलाले पासो लगाई आत्महत्या गरेकी छन् ।

परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साहकी ४५ वर्षीय पत्नी सुनिता देवीले पासो लगाई आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरी कार्यलय बाराले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बाराका प्रहरी नायव उपरीक्षक रजितसिंह राठौरका अनुसार पासो लगाई झुण्डिएको अवस्थामा देखेपछि घरका सदस्यले पासो काटी उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जनाएका छन ।

अध्यक्ष साहकाअनुसार मानसिक अवस्था ठीक नभएकोले केही वर्षदेखि भारतको पटना, दिल्लीका अस्पतालहरुमा उपचार गराउदै आएका थिए ।

मानसिक अवस्था ठीक नभएकाले घरमा कोही नभएको बेला यस्तो दुःखद घटना भएको साहले बताए । पहिला पनि पटकपटक यस्ता उनले त्यसता हर्कत गर्ने गरेको परिवार स्रोतले जनाएको छ । राजधानी डेल्ली बाट