काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ ।
नेकपाले प्रदेश कमिटीका सदस्यहरुको टुंगो लगाएको भएपनि पूर्ण विवरण बिहिबारमात्रै सार्वजनिक गर्ने जनाएको छ ।
यस्तै अब नेकपाले केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय सङ्गठनको एकीकरण र जिल्ला समितिका मुख्य नेतृत्वको चयन गर्न बाँकी छ । सो विषयलाई पनि आगामी बैठकबाट टुंग्याइने श्रेष्ठले जानकारी दिए ।
यसअघि मङ्गलबार बोलाइएको बैठक योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका कारण स्थगित भएको थियो ।
पार्टी एकता भएको लामो समय भए पनि अझै तल्लो तहसम्म एकता हुन सकेको छैन । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ ।
यसैबीच रातोपाटीले प्रदेश नम्बर ५, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रदेश कमिटीका सदस्यहरुको सूची प्राप्त गरेको छ ।
सूची हेर्नुहोस्
प्रदेश ५







कर्णाली प्रदेश






सुदूरपश्चिम प्रदेश
















