आलोक यादव : लहान , मंसिर १३ गते बिहीबार - प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश नं २ दुर्घटनाबाट नडराउने बताएका छन् । प्रदेश नं २ ले प्रदेश कानून बनाउने क्रममा संघीय सरकारलाई ओभरटेक गरेको र यसले दुर्घटना निम्तिने भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले केही समयअघि दिएको अभिव्यक्ति स्मरण गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् । बुधबार सिरहाको लहान अस्पताल चौकमा एलआरएल सेवाको उद्घाटन गर्दै मन्त्री यादवले मधेस प्रदेश २६० वर्षदेखि दुर्घटनामा पर्दै आएकोले यो कुनै नौलो विषय नभएको बताए ।
उनले मधेसी जनताको हितमा प्रदेश सरकारले जुन सुकै काम गर्न पनि तयार रहने प्रष्ट पारे । उनले संघीयतालाई असफल बनाउने षडयन्त्र भइरहेको आरोप लगाए ।
राम उदगार यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरुको सहभागिता थियो










