काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको हो ।
नेकपाले प्रदेश कमिटीका सदस्यहरुको टुंगो लगाएको भएपनि पूर्ण विवरण भने सार्वजनिक गरेको छैन ।
यसैबीच रातोपाटीले प्रदेश नम्बर ५, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रदेश कमिटीका सदस्यहरुको सूची सार्वजनिक गरिसकेकाे छ । यस्तै गण्डकी प्रदेशको सूची पनि प्राप्त भएको छ । सूची हेर्नुहोस्ः



















