नेपाली काँग्रेसका नेता गगन एवं सांसद थापाले जोर विजोर प्रणालीको अवज्ञा गर्न आहृवान गरेका छन् । धर्मान्तरका लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिनु खेदजनक भएको उनले बताएका छन् ।

जोर विजोरको अवज्ञा गर्न ‘युथ कांग्रेस नेपाल’ नामक संस्थाले गरेको आहृवान पोष्ट गर्दै थापाले ट्वीटरमा लेखका छन् लेखेका छन्, ‘सही कामको लागि सरकारले आव्हान गर्दा जोर–विजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ । तर, धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ । सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य हो, अवज्ञा गरौं ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://twitter.com/thapagk/status/1068039902686785537