काठमाडौ । दुई आत्माको मिलन गरी सगै जिउने सगै मर्ने कसम खाएर सामाजिक सस्कार पुरा गरी जोडिएको सम्बन्धलाई विवाह भन्ने गरिन्छ । तर पछि यही सम्बन्ध विभिन्न कारणले गर्दा छुट्छ । यस्तो हुनमा विभिन्न कारण हुन सक्छ । जस्तै श्रीमानको ब्यवहार ,श्रीमतीको ब्यवहार ,सासुको ब्यवहार र अरु सामाजिक तथा धार्मिक कारणहरु रहेका छन् ।

त्यसैगरी ज्योतिष शास्त्रका अनुसार राशीले गर्दा पनि यस्तो हुने जनाएको छ ।त्यसै अन्र्तगत आज हामी कुन राशिलाई कस्तो सासु पर्यो भने राम्रो हुन्छ भन्ने विषयमा कुरा गर्न गइरहेका छौ । हेर्नुस एक राम्री बुहारीको लागी कुन राशीको सासु राम्रो हुन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

-सुरुवातमा मेष राशी ,यस राशी हुनेहरुको सासु तेज स्वभावका रहने गर्छन। यस राशिका व्यक्तिको सासु कडा स्वभावका कारण घरमा खासै शान्त वातावरण रहन गार्हो हुने गर्छ । मेष राशिका युवतीहरुको सासुसँगको सम्बन्ध खासै राम्रो हुन गार्है रहने गर्छ ।

-त्यसैगरी वृष राशी हुनेहरुको सासुसंगको सम्बन्धमा सधैँ उतार चडाब रहने गर्छ । यस राशी हुनेहरुको सासुबाट कहिले माया मिल्नेछ भने कहिले दुख मिल्न सक्ला। यस राशी हुनेहरुको सासुसँगको तालमेल मध्यम रहने गर्छ ।

-त्यसैगरी मिथुन राशी हुनेहरुले चाहे अनुरुपको सासु मिल्ने गर्छ। यस राशिको सासुसँगको सम्बन्ध धेरै नै सन्तुलित रहने गर्छ। साथै सासु बुहारीमा राम्रै तालमेल बन्ने गर्छ । तर विचारधारामा भने खासै मेल नहुने हुन्छ ।

-त्यस्तै ,कर्कट राशी हुनेहरुको सासुसँग प्रतिष्पर्धा हुने गर्छ भने यस राशिका सासु सुन्दरताको मामलामा घमण्डी रहने गर्छन। जसका कारण सम्बन्ध बिग्रने गर्छ । परिवारको मामलामा एकरुपता हुन सके पनि आन्तरिक रुपमा भने यस राशी हुनेहरुको सासुसँगको सम्बन्ध खासै राम्रो रहदैन ।

त्यसैगरी सिंह राशि राशी हुनेहरुको सासु शान्त स्वभावका पर्ने गर्छन् । शान्त रहने भएता पनि सानो सानो कुरामा बुहारीसँग रिसाउन भने सक्छन । यस राशी हुनेहरुको सासुसँगको सम्बन्ध सामान्य नै रहने गर्छ ।

-त्यसैगरी अर्को कन्या राशिको लागी आफ्नो सासुसँगको सम्बन्ध सन्तुलित बनाउन गार्हो पर्ने हुन्छ । बुद्धिमानिको मामलामा प्रतिष्पर्धा रहने हुँदा प्राय मन मुटाबबाट सम्बन्ध गुज्रने हुन्छ । तर बाहिरी मामलामा भने कन्या राशिलाई आफ्नो सासुबाट राम्रै साथ मिल्न सक्छ ।

-त्यसैगरी तुला राशिको सासु खासै दुख दिन नचाहने पर्ने गर्छन् भने खासै नचाहिने कुरामा रिष नराख्ने हुँदा सम्बन्ध सामान्यनै रहने गर्छ । आफु पनि स्वतन्त्र रहन रुचाउने हुँदा तुला राशिको सासुले खासै तनाव नदिने गर्छन् । तर पारिवारिक मामलामा भने यस राशिको सासु अलि कडा रहने गर्छन ।

-त्यसैगरी वृश्चिक राशि राशिका व्यक्तिको सासु कडा स्वभावका पर्ने गर्छन घर परिवारमा आफ्नो राज चल्नु पर्छ भन्ने मान्यता राख्ने सासु पर्ने हुँदा यस राशिको सम्बन्ध सासुसँग खासै राम्रो नहुने गर्छ । सासु आफ्नो गृहस्थलमा कुनै पनि प्रकारको परिवर्तन नचाहने हुँदा यस राशिको व्यक्ति आफ्नो सासुसँग संयम रहनु पर्ने हुन्छ ।

-त्यसैगरी धनु राशीलाई धेरै माया गर्ने सासु पर्ने गर्छन् । आफ्नो छोरी भन्दा पनि नजिकको सोच्ने हुँदा यस राशिलाई धेरै इज्जत पनि दिने सासु पर्ने गर्छन् । तर जिम्मेवारीको मामलामा भने धनु राशीलाई शान्त सासु मिल्न गार्हो पर्ने गर्छन्। माया गर्ने भए पनि गल्ति भने खासै मन नपराउने सासु मिल्ने गर्छन् ।

-त्यसैगरी ,मकर राशि राशी हुनेहरुको सासु ठिकै रुष्ठ मिल्ने गर्छन् । खासै दुख दिन नचाहने भएता पनि अल्छी बुहारी मन नपराउने हुँदा यस राशिका व्यक्तिहरु आफ्नो सासुसँग छुट्टै तरिकाबाट प्रस्तुत हुनु पर्ने हुन्छ । सासु पनि सम्बन्ध राम्रो बनाउने भएता पनि धनको मामलामा भने सम्बन्ध बिग्रन सक्ने हुन्छ ।

-त्यसैगरी कुम्भ राशि हुनेहरुको सासु राजनीतिज्ञ मिल्ने हुँदा सजक रहनु पर्ने हुन्छ । चतुर तरिकाको सासु मिल्ने हुँदा यस राशिको सासुबाट दुख खेप्नु पर्ने हुन्छ। हत्तपत्त सम्बन्ध नबिग्रिने भए पनि सम्बन्ध बिग्रिएमा कुम्भ राशिको आफ्नो सासुसँगको सम्बन्ध स्थापित गर्न गार्हो पर्ने गर्छ

-र अन्त्यमा ,मीन राशिको आफ्नो सासुसँगको सम्बन्ध धेरै राम्रो रहने गर्छन्। यस राशिलाई आफ्नो सासु कि त धेरै राम्रो पर्ने गर्छ,कि धेरै रिस गर्ने पर्ने गर्छन्। यस राशि आफ्नो सासुको सामु खासै नबस्ने हुँदा सम्बन्ध नबिग्रिने गर्छ ।

तर माथीका राशीहरुले जे जस्तो भनेपनि तपाई आफ्नो भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुस , अवस्य सफल हुनु हुनेछ ।