काठमाडाै । राजधानीमा ८ वर्षिय वालककाे अपहरणपछि हत्या भएको छ। गोंगबुमा रहेको त्रिवेणी स्वस्तिका गेष्ट हाउस सञ्चालक प्रदीप कुँवरका ८ वर्षीय छोरा प्रयासको अपहरणपछि हत्या भएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए।

एसएसपी सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले बालकको शव मैपीको पुलमुनि बाेरामा पाेकाे पारेकाे अवस्थामा फेला परेकाे थियाे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटनामा संलग्न रहेको आशंकामा मृतक कुँवरका बुबाको गाडी चलाउने चालक महेन्द्र सार्कीलाई नियन्त्रणमा लिइएको छ। प्रयास गत मंगलबारदेखि सम्पर्क विहिन भएका थिए ।राजधानी दैनिक बाट