बिष्णुप्रसाद पोखरेल दमक । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बद्नियतपूर्वक मूलकलाई अप्ठेरो अवस्थामा धकल्ने प्रयास भइरहेको र यसले गम्भिर संकट निम्त्याउन सक्ने बताउनु भएको छ । उहाँले सरकार संबिधान कार्यन्वयनभन्दा पनि नेकपा एमालेलाई परास्त गर्ने छलछाममा लागेको जनाउदै यो सम्भव नभएको बताउनु भयो । शुक्रबार नेकपा एमाले प्रदेश नं. १ को बैठकलाई झापाको दमकमा सम्बोधन गर्दै ओलीले निर्वाचनको मिति घोषणा गर्नुको सट्टा निर्वाचन आयोगलाइ तयारी रहन भन्नु हास्यश्पद भएको बताउनु भयो । उहाँले भन्नुभयो–‘निर्वाचन आयोगको काम नै निर्वाचन गराउनु हो र त्यो निकाय सधै निर्वाचनका लागि तयारी नै रहेको हुन्छ ।’ ओलीले राजनीतिक र संबैधानिक संकट ल्याउने खेल अरु कसैको इशारामा भइरहेकाले यो हुन नदिन एमाले सचेत रहेको जनाउनु भयो । निर्वाचन नगराउने खेल बिरुद्ध र देशलाई नयाँ गति दिनका लागि एमाले लाग्ने ओलीको भनाइ रहेको थियो । मूलकलाई भारतबेष्टितबाट मुक्त गराएर वास्तविक रुपमा भुपरिवेष्टित बनाएको भन्दै अब कसैसंग पनि डराउनु र झुक्नु पर्ने अवस्था नरहेकाले गर्वका साथ बिश्वका जुनसुकै देशसंग पनि सिधै सम्पर्क स्थापित भएको ओलीको भनाइ थियो । ओलीले भन्नुभयो–‘मुलकलाई भारतको मुठ्ठिबाट अर्थात भारतलक्डबाट मुक्त गराउन सफल भएका छौ र हामी दुनियाका जुनसुकै देशसंग पनि सोझै सम्पर्क स्थापित गर्न सक्छौ ।’ ओलीले अब नेकपा एमालेले फागुण २१ गतेदेखि कसैले कल्पना नगरेको जनशक्ति प्रदर्शन गर्ने र यसले देशको अहित चाहने सबैलाई परास्त गर्ने दाबी गर्नु भयो । राजमार्ग केन्द्रित हुने शक्ति प्रदर्शनबारे जानकारी दिदै ओलीले भन्नुभयो–‘नेकपा एमालेले यति ठूलो प्रदर्शन न कहिल्यै गरेको छ र न कहिल्यै गर्नुपर्छ हामी यसलाई त्यति भब्य बनाउने छौ ।’ बिपक्षिदलका नेता समेत रहनु भएका ओलीले यति ठूलो शक्ति प्रदर्शन अरु कसैले पनि कल्पना नगरेको र त्यो अहिले एमालेले मात्र गर्न सक्ने जनाउनु भयो । मेचीको काकडभिट्टाबाट शुरु भएर महाकालीमा गएर सम्पन्न हुने यस जनशक्ति प्रदर्शनमा पार्टीका हरेक नेता कार्यकर्ता देखि लिएर समर्थकसम्मको सहभागिता रहने ओलीको भनाई थियो । यसलाइ आफ्नो पार्टीले महाअभियानको रुपमा अघि बढाउने जनाउदै ओलीले यसले राष्ट्रिय राजनीतिमा अकल्पनीय उतारचढाव ल्याउने दाबी गर्नु भयो । अभियानको बारे प्रष्ट पार्दै ओलीले भन्नुभयो–‘जगाउनु पर्नेहरुको आत्मबल जगाउछ, मनोबल खसाउनु पर्नेको मनोवल खसाउछ र एउटा नयाँ जारणको शुरुवात हुनेछ ।’ प्रदुषित बिचारहरुलाई भेलले बगाएजस्तो बगाउनका लागि आफूहरुको अभियान सफल हुने जनाउदै एमाले बिरुद्ध चलाइएका भ्रमहरुलाई परास्त गर्ने ओलीले दाबी गर्नु भयो ।
एमाले परास्त गर्न खोज्ने आफै परास्त हुन्छन्–ओली
सवाल नेपालसंवाददाताशनिबार, २० माघ २०७३

एमाले परास्त गर्न खोज्ने आफै परास्त हुन्छन्–ओली
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



