राँझा / नेपालगञ्ज उपमहानगरपालिका–१ खजुरा रोडमा पार्किङ गरिएका अटो रिक्सा र एउटा घुम्ती पसलमा गएराति अज्ञात समूहले आगजनी गरेको छ ।

नेपालगञ्जका अब्दुल लतिफ हल्वाइका चार तथा अब्दुल रसिदको एउटा रिक्सामा आगजनी गरिएको हो । अज्ञात समूहले नजीकैको एउटा घुम्ती किराना पसलमासमेत आगजनी गरेको पाइएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटनाको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणा, उपप्रमुख उमा थापा र वडा नं १ का अध्यक्ष प्रमोद रिजालले स्थलगत निरीक्षण गर्नुभएको छ ।

आगजनीबाट घुम्ती पसलको सामान नष्ट भएको छ । दुई दिनअघि नेपालगञ्जका पत्रकार अर्जुन वलीको घरमै पार्किङ गरी राखिएको मोटरसाइकलमा पनि आगजनी गरिएको थियो ।