दाङ । दाङमा एकजना व्यापारीको हत्या भएको छ ।

घोराही उपमहानगरपालिका १३ का नन्दबहादुर पुनको बिहीबार बेलुकी करिब ६:३० बजे लेनदेनको विवादमा चक्कु प्रहारगरि हत्या गरेको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चक्कु प्रहारबाट गम्भीर घाइते हुनुभएका पुनको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार घोराहीको बसपार्कमा माडी हार्डवेयर संचालन गर्दै आएका पुनको लेनदेनको विवादमा हत्या गरिएको हो ।

मृतककी श्रीमतीको सुचनाका आधारमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार हत्या गर्ने समुहले पुनलाई घरबाट बोलाएर घर नजिकैको दुधे सोतामा चक्कु प्रहार गरेको थियोे । जनता समाचार बाट