याँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘कमाउरेड’ भनी व्यंग्य गरेका छन् ।

एसीया प्यासिफिक समिट–२०१८ का आयोजना र त्यहाँ क्रिश्चियन धर्मको प्रचारको विषयलाई संकेत गर्दै उनले ट्वीटरमार्फत भनेका छन्,‘त्यसै त विश्व रंगमंचमा गुम्दै गएको नेपालको छवी ‘राष्ट्रवाद’को वैशाखी टेकेर सत्तामा पुगेका ‘कमाउरेड’हरूले एउटा धार्मिक एनजीओको लोभमा फसेर रसातलमै पुराउने भए ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डा. भट्टराईले जनताले दुई दिन सडक जाम सहे पनि मुलुकको अपमान सहन नसक्ने भन्दै अगाडी थपेका छन्,‘आर्थिक दरिद्रताको उपचार हुन्छ तर नैतिक दरिद्रताको कुनै उपचार हुन्न ! २दिन सडक जाम जनताले सहलान् तर देशको यो अपमान सहन्नन् है !’

https://twitter.com/brb1954/status/1068340776311099393