बिष्णुप्रसाद पोखरेल

दमक । लायन्स क्लव अफ दमक स्र्टन लाइन र ग्रीनसिटीको आयोजनामा झापाको दमकमा एकसय दिने निशुल्क मधुमेह परीक्षण, औषधि बितरण र परामर्श कार्यक्रम शुरु गरेको छ । दमकको वडा नं. १० मा एक महिने अभियान शुरु गरिएको लायन्स क्लव अफ दमक स्र्टन लाइनका अध्यक्ष बिमल शर्माले बताउनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थानीय स्वास्थ्य केन्द्रसंगको समन्वयमा लगातर एकसय दिनसम्म स्वास्थ्य शिबिर मार्फत परीक्षण, औषधि बितरण र आवश्यक परामर्शको ब्यवस्थापन गरिएको समेत उहाँले जानकारी दिनु भयो । मधुमेह परीक्षणका लागि आवश्यक उपकरण सहित परामर्शका लागि चिकित्सक र स्वास्थ्यकर्मीहरुको ब्यवस्था आफुहरुले मिलाएको समेत शर्माले बताउनु भयो ।

मधुमेहको बिषयमा नगरपालिकाको ग्रामिण क्षेत्रमा अझै पनि जानकारी नभएको र रोग लागेपछि चिन्तित हुने क्रम धेरै देखिएकाले परीक्षण एवं परामर्श आवश्यक ठानेर यो अभियान चलाईएको ग्रीनसिटीका उपाध्यक्ष एवं स्वास्थ्यकर्मी कुवेर भट्टराइले बताउनु भयो । उहाँका अनुसार कम्तिमा पनि ५ हजार जनाको रगत परीक्षण र परामर्श उपलब्ध गराउने आफुहरुको उदेश्य रहेको उल्लेख गर्नु भयो ।

१ सय दिनको अवधिमा ५ हजारको रगत परीक्षण गर्दा कतिसंख्यामा मधुमेह अर्था सुगर भेटिन्छ भने यसले एक प्रकारको सर्वेक्षण हुने आफुहरुको अपेक्षा रहेको समेत लायन्स क्लवहरुले जनाएकाछन् । यसले दमकको ग्रामिण क्षेत्रमा मधुमेह रोगको अवस्थाको बिषयमा समेत पत्ता लगाउन सहयोग पुग्छ भन्ने विश्वास छ, शर्माले भन्नुभयो ।

दमक नगरपालिका वडा नं. १० का वडाध्यक्ष बोधराज न्यौपाले रगत परीक्षण सहितको १ सय दिने अभियान र परामर्श शिबिर यस क्षेत्रका लागि अत्यन्त लाभदायक हुने बताउनु भयो । अहिले पनि जचाउना डराउने, औषधि नखाने र रोगलागेपछि चिन्तित भएर मनोसामाजिक समस्या झेल्नु पर्ने अवस्थामा धेरै रहेकाले यस प्रकारको अभियान जरुरी रहेको उहाँको भनाइ थियो ।

दमकका अन्य वाड र मोरङबाट समेत यहाँ बिरामी आउन सक्ने भएकाले यो अभियानलाइ प्रभावकारी बनाउन नगरपालिका समेत समन्वय गरेर अघि बढ्न तयार रहेको न्यौपानेले जनाउनु भयो । नगरपालिका तथा शहरी क्षेत्र भनेर हुदैन, यसरी कार्यक्रमहरु आउनु आवश्यक छ, उहाँले भन्नुभयो । बिशेषज्ञहरु सहितको परामर्श कार्यक्रम शुरु हुँदा आफुलाइ समेत खुसि लागेको उहाँले बताउनु भयो ।

लायन्स लिडर रेवत कार्कीको स्याब्बासी !

लायन्स क्लव अफ इन्टरनेशन ३२५ ए १ का डिस्ट्रिक सेक्रेटरी  रेवत कार्कीले लायन्स क्लवहरुको यो कार्यक्रम अनुकरणिय भएको बताएकाछन् । उनले यस किसिमका कार्यक्रमहरुलाइ सबैले प्रोत्साह गर्नु पर्ने बताए । दमकमा लायन्स क्लवहरुको सक्रियताको उनले खुलेर प्रशंशा गरेकाछन् ।

उनले लायन्स लिडर तथा क्लवहरुसंग छलफल गर्दै उनले यस किसिमका कार्यक्रमहरुमा सहकार्य गर्नका लागि आग्रह गरे । उनले भने, मिलेर काम गर्नुहोस, यसको रिजल्ट पनि राम्रो आउछ ।