झापा – शिवसताक्षी नगरमा गएको आइतबार लक्ष्मण खनालको घरमा भएको आगलागीमा समयमै दमकल नपुग्दा ठूलो क्षति भएको जनाउँदै नगरमा भिक्षा संकलन थालिएको छ ।

शिवसताक्षी नगरपालिकामा दमकल नभएका कारण त्यस दिन दमक नगपालिकाको दमकल बोलाइएको थियो । तर दमकल एक घण्टापछि मात्र घटनास्थल पुगेकको थियो जतिबेला परिवारका ४ जनको ज्यान गैसकेको थियो साथै पुरै घर जलेर नष्ट भइसकेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शर्माले सञ्चार माध्यममा अहिले नगरपालिकासँग बारुणयन्त्र खरिद गर्ने क्षमता नभएको प्रतिकृया दिएका थिए । त्यसपछि नगर प्रमुख शेर्माको चौतर्फी आलोचना भइरहेको छ ।

नगरपालिकालाई दमकल सहयोगार्थ नेपाल तरुण दलले शुक्रबार व्यंग्य स्वरुप भिक्षा संकलन गरेको हो । नगरको धरमपुर, झिलझिले, दुधे, नहरचोक र बाङ्य डाँडामा पानीको खाली बोत्तल, आगलागी हुँदै गरेको घर, दमकलको तस्बिर प्लेकार्डमा राखेर भिक्षा संकलन गरेका छन् ।

उज्यालो अनलाइन बाट