चितवन ।
प्रहरीले लखेटेको छ । दुई घण्टा बस्न दिनुसू’ भनेर घर पसेका व्यक्तिहरूले नै घरधनीको दुई लाख नगद र गहनासमेत गरेर सवा छ लाख रूपैयाँ लुटेका छन् । अघिल्लाे शुक्रबार (मंसिर ७ गते) साँझ सात बजेतिर दुईजना अपरिचित व्यक्ति भरतपुर–८ गौरीगञ्जका तारानाथ सुवेदीको घरमा पुलिसले लखेटेको भन्दै दुई घण्टा शरण माग्दै अाए । राति खाना खाएपछि उनीहरूले अाफ्नाे असली रूप देखाउन थाले ।उनीहरुले दिउँसो घरमा आएको ५ लाख नगद झिक्न भनेपछि तारानाथको परिवारले उनीहरु चाेरी गर्न अाएकाे थाहा पायाे । त्यस दिन तारानाथले चार लाख ल्याएका थिए । दुई लाख घरमा राखेर अरू खर्च गरेका थिए । दुई लाख मात्रै भएको बताएपछि गहना भए पनि निकाल्न लगाएर ६ लाख २८ हजार बराबरको धनमाल लिएर उनीहरु हिँडे थिए ।
घटनाका विषयमा चितवन प्रहरीले भोलिपल्ट मात्रै जानकारी पाएको थियो । प्रहरीले यो घटनामा संलग्न भएको आशंकामा चारजनालाई समातेको छ । पक्राउपछि पत्ता लाग्यो, डाँका मुद्दामा जेल बसेर छुटेका व्यक्ति नै यो घटनामा संलग्न रहेछन् ।
चितवन प्रहरीले शनिबार बिहान गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक (एसपी) शुसिलसिंह राठौरले भने, ‘यो काण्डमा समातिएका भरतपुर–९ का ५० वर्षीय रामचन्द्र थापा २०६६ जेठ २७ मा चितवन घुमाउनेमा पेस्तोल देखाएर बस लुटेको आरोपमा साढे सात वर्ष कारागार बसेका व्यक्ति रहेछन् ।’थापा र मकवानपुर राक्सिराङ–८ का रामकुमार मोक्तान यो घटनामा संलग्न मुख्य व्यक्ति भएको एसपी राठौरले बताए ।
राठौरका अनुसार मोक्तान पनि २०६७ सालमा डाँका मुद्दामा पाँच वर्ष कैद पाएर जेल बसेका व्यक्ति हुन् । सापकोटाले उजुरी गरेपछि अनुसन्धानको क्रममा थापा र मोक्तान शुक्रबार समातिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी दुर्गाराज रेग्मीले बताए । उनीहरूबाट केही गहना र नगद १९ हजार पाँच सय रूपैयाँ मात्र बरामद भएको छ ।










