आलोक यादव : लहान ,२०७५ मंसिर १५ गते सनिवार । ३१ औं एडस दिवस शनिवार लहानमा मनाईएको छ । एच आई भि जाँच गराउ आफनो अवस्था थाहा पाउँ भन्ने मुल नाराका साथ शनिवार लहानमा एडस दिवस मनाएका छन । लहानको अस्पताल चौकबाट निकालिएको विधार्थीहरुको रयालीले लहान नगर परिक्रमा गरेर फेरी अस्पताल चौकमा आई सकिएको थियो । रयालमिा सहभागी विधार्थीहरुले विभिन्न सन्देश मुलक प्ले कार्डहरु बोकेका थिए । लहान नगरपालिका स्वाथ्य शाखाले आयोजना गरिएको सो कार्यक्रममा करीब २ सय विधार्थीहरुको सहभागीता रहेको थियोे ।