आलोक यादव : लहान ,२०७५ मंसिर १५ गते सनिवार
लहान । सिराहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर १ स्थित प्रतिबन्धित लागू औषधि सहित एक जना जनालाई पक्राउ गरेका छन ।इलाका प्रहरी कार्यालय कचनारी वाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा स ४ प ६७९२ नम्बरको मोटरसाइकलबाट Dilex DC 100 ml नाम गरेको प्रतिबन्धित लागु औषध २४ बोतलसहित मोटरसाइकल चालक लाहान नगरपालिका वडा नम्बर . २ बस्ने बर्ष २१ को मोहम्मद मुर्तुजालार्इ नियन्त्रणमा लिइएको । निज ब्यक्ति, उल्लिखित लागु औषध तथा मोटरसाइकललार्इ थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेशपुर पतारमा पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव राज खडेल बताएका छन ।



