इटहरी/ महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला विराटनगरका खेम लोहनी चार वर्षदेखि श्रीमतीबाट पीडित बनेपछि न्यायको लागि भौंतारिरहेका छन् ।

आफ्नै श्रीमतीबाट घरेलु हिंसामा परेको उनको आरोप छ । श्रीमती र छोराछोरीले घरबाट निकालिदिएकाले न्यायको पर्खाइमा छन् । घरनिकाला भएका उनी अहिले आफन्तको आश्रयमा बस्दै आएको उनी बताउँछन् । ‘पैसा हुँदा श्रीमती र परिवार राम्रो हुँदा रहेछन् मसँग पैसा नहुँदा छोरा र श्रीमतीले नै घरनिकाला गरिदिएँ’ –उनले भने । विराटनगरको एक निजी बोर्डिङको प्रधानाध्यापकसमेत रहेका उनी आफ्नै घरबाट अपहेलित भएर आफन्तकोमा बस्दै गरेको बताउँछन् । विराटनगर महानगरपालिकाको न्यायिक समितिका संयोजक तथा उपमेयर इन्दिरा कार्कीले खान, लाउन र बस्न दिने निर्णय गरे पनि श्रीमती सुधा लोहनीले आए झुण्डिएर मर्छु भन्दै धम्क्याएको उनको भनाइ छ ।

उनले अदालतमा पुरुष हिंसाविरुद्धको मुद्दा हालेको दाबी गरे । हाल उक्त मुद्दा विचाराधीन छ । श्रीमती र छोराछोरीबाट घरेलु हिंसा भोग्नुपरेको भन्दै मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । लोहनीले पत्नी सुधा लोहनी, छोराहरू रविराज, बिप्रव र छोरी अदैताले आफूमाथि हिंसा गरेको भन्दै मुद्दा दायर गरेको बताए । लोहनीले श्रीमती सुधा र छोराछोरीले मानसिक यातना दिई खान–लाउनसमेत नदिएको आरोप लगाउँदै आएका छन् । विभिन्न समयमा महिलामाथि विभिन्न हिंसा भएका समाचारहरू आए पनि पुरुष हिंसाको समाचार थोरै मात्र आउने गरेको छ । ब्लास्ट खबर बाट

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड