२०२१ मा तत्कालीन सोभियत संघको प्राविधिक तथा आर्थिक सहयोगमा स्थापना भएको जनकपुर चुरोट कारखाना ०६८ देखि पूर्ण रूपमा बन्द छ ।

सरकारले २० असार ०७० मा कारखानाका दुई हजार २३ कर्मचारीलाई अनिवार्य अवकाश दिने निर्णय गरेको हो । कर्मचारीले भुक्तानी पाइसकेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अहिले उद्योग रेखदेख गर्न करारमा २९ र काजमा ४ कर्मचारी कार्यरत छन् । तैपनि उद्योगको ऋण दायित्व पूरा भएको छैन । जम्मा ४ करोड ८ लाख चुक्ता पुँजी रहेको उद्योगको सञ्चित नोक्सानी २ अर्ब ९० करोड पुगेको छ ।

उता, सरकारले यो र बन्द भएका अन्य उद्योग चलाउने उपाय पनि खोजी गरिरहेको छ । । प्रदेश २ सरकारको सचिवालय सञ्चालन गर्ने पूर्वाधार नभेटेर चुरोट कारखाना प्रयोग गरिएको छ । उद्योगका भवनहरूलाई अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका रूपमा प्रयोग गरिएको छ । नया पेज बाट