काठमाडौं —राप्रपा प्रजातान्त्रिकका मन्त्रि सुनील थापाले कमल थापाले एकताको बाटो बन्द गरेपछि राप्रपा राष्ट्रवादी र राप्रपाका असन्तुष्ट नेताहरुसँग आफुहरुले एकताका लागि छलफल अगाडि बढाएको स्वीकारे ।

समान विचारधारा भएका तीन राप्रपाका एकीकरण गर्ने प्रयास हाम्रो थियो । तर, राप्रपा अध्यक्ष कमल थापाले एकताको बाटो सहज छैन आ—आफ्ना बाटो जाओँ पार्टी एकता नगरौँ भनेपछि हामीले उहाँलार्य छाडेर बाँकी शक्तिबीच एकता गर्ने छलफल अगाडि बढाएका छौँ, उनले भने वार्ता सकारात्मक भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केही दिनमै एकता घोषणा हुने वातावरण बन्दैछ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।,

राप्रपा अध्यक्ष थापाले एकताको वातावरण बिथोलेपछि पार्टीका पाच पुर्वपदाधिकारीसहित १९ जनाले हस्ताक्षरसहितको विज्ञप्ती जारी गरेर व्यक्तिगत स्वार्थ त्यागेर पार्टी एकताका लागि लचिलो बन्न आग्रह गरेका थिए ।