सनिउल्ला धोबी

कपिलवस्तु । महाराजगंज नगरपालिका ४ शुक्ल बरईपुरमा बंगुर चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइतबार राती करिब ११ बजेको समयमा बरईपुरका नरदाहे पासीले पालेको ११ वटा बंगुर चोरी गरेको आरोपमा बुद्धभुमी नगरपालिका ७ का प्रेम बहादुर ढाडी र रामवली कुर्मी बंगुरसहित तौलिहवाबाट पक्राउ परेका हुन् ।

चोरी गर्ने कार्यमा संलग्न द्धावरीका पासी भने फरार रहेको इलाका प्रहरी कार्यालय महाराजगंजका प्रहरी नायव निरिक्षक अशोक कुमार श्रीवास्तावले जानकारी दिनुभयो । प्रेम बहादुर ढाडी र रामवली कुर्मी केही दिन पहिले बरईपुरमा बंगुर खरिद गर्न आएका थिए ।

नरदाहे पासीले बंगुर बेच्न नमानेपछी उनीहरुले राती बगुंर चोरी गरी कपिलवस्तुको तौलिहवा नजिकैको सडवा गाउँमा पुर्याएका थिए । बंगुर चोरी गर्ने माथि चोरी ऐन सम्बन्धि मुद्धा चलाइने प्रहरीले बताएको छ ।जनतासमचार