भद्रपुर । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा हाल अर्जुनधारा नगरपालिका घर भई हाल इलाम सुर्योदय नगरपालिका २ पशुपतीनगर निवासी ३४ वर्षीय बिनु बराईली भन्ने यामबहादुर कामी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
पुनरावेदन अदालत इलामले २०६० साल बैशाख २८ गते गरेको फैसला अनुसार कर्तव्य ज्यान मुद्दामा कामीलाई १० वर्ष कैद सजाय सुनाएका थिए। फरार कामीलाई गोप्य सूचनाका आधारमा इलामबाट पक्राउ गरिएको श्रेष्ठको भनाइ छ।










