काठमाण्डु, १७ मंसिर – काठमाण्डुबाट सप्तरीको राजविराजका लागि उड्न लागेको श्री एयरलाइन्सको विमान अचानक रद्ध भएको छ । उड्न लागेको विमानको हाइड्रोलिक लिक भएपछि उडान रद्द भएको हो ।
विमानमा यात्रुहरू चढिसकेपछि हाइड्रोलिक लिक भएको थाहा भएको थियो । उड्नै लाग्दा विमानमा रातो बत्ती बलेपछि पाइलटले इञ्जिनियरलाई खबर गरेका थिए । परीक्षणका क्रममा हाइड्रोलिक लिक भएको पत्ता लागेको थियो ।
सो विमानबाट कांग्रेस नेता प्रकाशमान सिंहसमेत राजविराज जाने तयारीमा थिए । सिंहका सहयोगी समेत रहेका नेविसंघ नेता युपी लामिछानेका अनुसार नेता सिंह भीआईपी कक्षमा बसेर उडानको प्रतिक्षा गरिरहेका छन् । विमान कम्पनीले मर्मतपछि विमान उड्न सक्ने जनाएको छ ।










