भारत । महाराष्ट्रका प्याज किसानहरुले आफुले उत्पादन गरेको प्याजको उचित मूल्य पाउन सकेका छैनन् ।
उनीहरु १ रुपैयाँ प्रतिकिलो प्याज बेच्न बाध्य भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ । आफ्नो लगानीसमेत नउठ्ने भएपछि किसानले सरकारको विरोध गरेका छन् । विरोधस्वरुप किसानले ७ सय ५० किलोको प्याज बेचेर आएको रकम प्रधानमन्त्रीलाई पठाइदिएका छन् ।
भारतमा पनि नेपालमा जस्तै किसानले एकदमै कम मूल्यमा आफ्ना उत्पादनहरु बेच्नुपरेको छ भने उपभोक्ताले महंगो मूल्यमा खरिद गर्न बाध्य छन् । बिचौलियाको प्रभाव त्यहाँ पनि उस्तै रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।










