आनन्द गुरुङ

काठमाडौं । सेना र प्रहरी अनुशासनमा प्रतिवद्ध संगठन मानिन्छ । तर, सूचना सम्प्रेषण र सुचनाका सम्बन्धमा बुझाईका कारण सेना र प्रहरी संगठन बेला बेला विवादमा पर्ने गरेका छन् । कहिले–काँही अवैज्ञानिक र समय सापेक्ष निर्णय गर्न नसक्दा पनि संगठन विवादमा आउने गरेको हाे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाल प्रहरीको संघीय प्रहरी नियमावली र विनियम निमार्ण अगावै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीको संरचनामा व्यापक फेरबदल गरेको समाचार सार्वजनिक भएपछि प्रहरी संगठन विवादमा मुछिएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विमास्थल सुरक्षा प्रहरी कार्यालयमा तथा आाफ्ना विश्वास पात्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेस थापा क्षेत्रीको नेतृत्वमा रहेको महानगरीय प्रहरी कार्यालय, रानीपोखरी मातहत कर्मचारीहरुकाबीच संरचनामा फेरबदलको कुरा गर्नुभएको थियो । तर प्रहरी प्रवक्ता भने समाचारहरुमा आए जस्तो तत्काल फेरबदको कुनै सम्भावना नरहेको बताउनभयो ।

प्रवक्ता सुवेदीले प्रहरी निमावली निमार्णाधीन अवस्थामा रहेको खुलासा गर्दै संघीय संरचना र नयाँ बन्ने नियामावली अनुसार प्रहरीको संरचनामा फेरबदल गरिने पनि बताउनुभयो । प्रवक्ताले उस्तै पद र जिम्मेवारी भएका अधिकृतलाई मातहतमा राख्दा संगठनात्म संरचना अनुसार मर्यादा र जिम्म्ेवारीको दायारामा बस्नु पर्ने पनि बताउनुभयो ।

त्रिभूवन अनतराष्ट्रिय विमानस्थलको ३३ किलो सुन प्रकरणपछि प्रहरी महानिरीक्ष खनालले विमानस्थल प्रहरीलाई अपराध अनुसन्धान तथा कार्य विभाग अन्तरगत राख्नुभएको छ । सुन तस्करीबारे छानविन गर्न बनेको उच्चस्तरीय समितिले पनि विमानस्थल प्रहरीलाई बलियो बनाउन जोड दिएको थियो । तर, आईपीजी खनालले यूएईबाट फर्किएलगत्तै एक महिनाअघिको निर्णय उल्टाउँदै विमानस्थल प्रहरीलाई महानगरीय प्रहरी आयुक्तको कार्यालय अन्तरगत राख्ने निर्णय गर्नुभएको छ । जनता समाचार बाट