काठमाडौं–मंगलबार (कात्तिक १८) सुनको मूल्य तोलामै ९ सय रुपैयाँले बढेको छ । जसअनुसार आज सुन तोलाको ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुन प्रतितोला ५८ हजारमा कारोबार भइरहेको छ । चाँदी भने प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अघिल्लो कारोबारमा ७ सय रुपैयाँ कायम थियो ।