अर्घाखाँचीको मालारानी गाउँपालिका, ६ लोहरीमा विद्युत सट भई आगलागी हुँदा एक बालकको ज्यान गएको छ । घटनामा मनकुमारी बिकको ११ वर्षीय छोरा नारायण बिकको मृत्यु भएको हसंपुर प्रहरी चौकीका इन्चार्ज मानबहादुर खत्रीले जानकारी दिए । स्थानीयको सहयोगमा आगलागी नियन्त्रण गरेको छ । आगलागीमा घर गोठ जलेर नस्ट हुँदा १५ लाख बराबर क्षति भएको प्रहरीले जानकारी दिएको छ ।