काठमाण्डु, १८ मंसिर –  युनिभर्सल पिस फेडेरेसनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुरस्कार दिएको रकममा एक लाख अमेरिकी डलर थपेर सरकारले एउटा कोष बनाउने भएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीले नेतृत्व र सुशासन अवार्डसँगै पाएको १ लाख डलरमा त्यत्ति नै पैसा थपेर यूवाहरूको क्षेत्रमा काम गर्ने कोष बनाउने निर्णय गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि आइतबार साँझ एसिया प्यासेफिक समिटमा प्रधानमन्त्री ओलीलाई नेतृत्व र सुशासन अवार्डका लागि तक्मासहित नगद पुरस्कार दिइएको थियो । फेडेरेसनकी अध्यक्ष हाक जा हान मुनले प्रधानमन्त्री ओलीलाई उक्त पुरस्कार प्रदान गरेकी थिइन् ।

पुरस्कार ग्रहणपछि बोल्दै प्रधानमन्त्री ओलीले यूवाका लागि काम गर्ने कोष बनाउने गरी उक्त रकम सरकारी कोषमा दाखिला गर्ने घोषणा गरेका थिए ।