काठमाडौं– धरान उपमहानगरपालिका–१७ उदय टोल बस्ने १७ वर्षीय आशिष ठटालको हत्या अभियोगमा सोही उपमहानगरपालिका बस्ने २८ कोमल गुरुङसहित ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

मंसिर ७ गते राति आशिषसहित ७ जना सोही ठाउँस्थित उदय सामुदायिक जंगलमा सिकार खेल्न गएका थिए। ६ जना घर फर्की आए पनि आशिष फर्किएनन्। उनको पत्ता नलागेपछि आफन्तले मंसिर १६ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उजुरीपश्चात् खटिएको प्रहरीले सिकार खेल्न गएका कोमलसहित ६ जनालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरुले आशिषको हत्या गरी सोही ठाउँस्थित खाल्डोमा पुरेको खुल्न आएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।