काठमाडौं । दिल्लीको उत्तम नगर ईलाकास्थित नाम चलेको विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिकामाथि त्यहाँको सुरक्षा गार्डले अश्लिल हर्कत गरेको पाइएको छ । प्रहरीका अनुसार ती बालिकाले आफूमाथि यौन दुव्र्यवहार भएको बताएकी थिईन् । आरोपी गार्डका नाममा प्रहरीले जबरजस्तीकरणीको मुद्धा चलाएको छ । बालिकामाथि विद्यालयले समेत लापरवाही गरेको आरोप लागेको छ ।

घटना भएको जानकारी पाएपछि आरोपीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार ११ वर्षीय बालिका परिवारका साथ उत्तम नगरमा बस्दै आएकी छन् । बालिकाका बुवा कार मेकानिक हुन् । उनका बुवाका अनुसार उनी छोरीलाई ल्याउन दिउँसो १२ बजे विद्यालय गएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गार्डले उनकी छोरीलाई बाथरुममा लगेका थिए । जहाँ गार्डले बच्चीको साथमा अश्लिल हर्कत तथा छेडछाड गरेको थियो । बालिकाले आफूलाई गाह्रो भएपछि चिच्याएकी थिईन् । उनी चिच्याएपछि विद्यालयका अन्य शिक्षकले थाहा पाएका थिए । उनीहरुले प्रहरीलाई खबर गरेर आरोपी सुरक्षा गार्डलाई बुझाएका थिए ।