काठमाडौं । पहिलो श्रीमती हुँदाहुँदै दोश्रो विवाह गरेपछि बिहारको एक युवकलाई निर्घात कुटपिट भएको छ । कुटपिटपछि घाईते श्रवण महतो नाम गरेका उक्त युवक बेहोस भएका थिए । बेहोस उनलाई स्थानीय उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत अप्रिलमा आफ्नी श्रीमतीलाई छोडेर दुखिया नाम गरेकी युवतीसँग बिवाहबन्धनमा बाँधिएका थिए । स्थानीयले विरोधका बावजुद पनि बिवाह भएको थियो । परिवारले समेत विवाहको विरोध गरेपनि उनीहरु गाउँबाट भागेका थिए । तर अक्टोवरमा उनीहरु फेरि गाँउ फर्किए । उनीहरु गाउँ फर्केको थाहापाएपछि दुखियाको पहिलो श्रीमानको घरपरिवारले श्रवणलाई आक्रमण गरेका हुन् ।
यसअघि श्रवणले दुखियालाई अपहरण गरी बन्धक बनाएर राखेको आरोप लगाउँदै दुखियाको श्रीमान र ससुरा बिरुद्ध स्थानीय प्रहरीमा उजुरी गरेका थिए । त्यसकै बदला लिनको लागि यस्तो गरेको हुनसक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । यस्तैक्रममा श्रवणको भाईले १५ जनाबिरुद्ध अदालतमा प्रहरीमा किटानी जाहेर दिएका छन् ।










