बनेपा : काभ्रेको बेथानचोक गाउँपालिका- ४ चलालगणेशस्थामा जन्ती बस पल्टिँदा ९ जना घाइते भएका छन्। बिहीबार बिहान ढुङ्गखर्कबाट खोपासी आउने क्रममा बा ३ ख ५३२३ नम्बरको जन्ती बोकेको बस सडकमा पल्टिँदा बसमा सवार ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यलयका डीएसपी दिपक गिरीले जानकारी दिए।

डीएसपी गिरीकाअनुसार घाइते हुनेमा बेथानचोक गाउँपालिका ३ का पेमा लामा, राजन लामा, सुजन लामा, कान्छा तामाङ्ग, वीरबहादुर तामाङ, सरिता तामाङ, अम्बर तामाङ, मानबहादुर तामाङ घाइते भएको डीएसपी गिरीले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका अनुसार घाइतेको बनेपास्थित शिरमेमोरीयल अस्पतालमा उपचार भइरको छ। बसमा ५५ जना सवार रहेको प्रहरीले जनाएको छ।