धनगढी : सुदूरपश्चिम एकेडेमीको कक्षा ११ मा अध्ययनरत १७ वर्षीया छात्रा पूजा चौधरीले बिहीबार क्याम्पस भवनको तेस्रो तलाबाट हामफालेकी छन्।

हाफफाल्नुको कारण भने खुलेको छैन। साथीका अनुसार उनी पारिवारिक तनावमा थिइन्। आमाबुवाको दैनिक झगडाले घरमा तनाव भएको साथीलाई सुनाउँदै आएकी थिइन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केही साथीलाई उनले घरको तनावले आफूलाई सताएको बताएकी थिइन्। कञ्चनपुरको बेलौरी घर भएकी पूजा धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोलमा डेरा बस्थिन्।

शिक्षकलाई उनको व्यक्तिगत समस्याका जानकारी नभए पनि हामफाल्दा बचाउने प्रयास गरेको तर सफल नभएको उपप्राध्यापक धर्मदेव भट्टले जानकारी दिए।

कञ्चनपुर बेलौरी नगरपालिका-६ घर भएकी १७ वर्षीया पूजाले क्याम्पसको हाफ छुट्टी हुन करिब पाँच मिनेट बाँकी हुँदा छतबाट हामफालेको कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक हरीबहादुर ओलीले जानकारी दिए।

तीन तलामाथिबाट हामफालेकी पूजालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पुर्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ। उनको एउटा खुट्टा भाँचिएको एक्सरे रिपोर्टमा देखिएको अस्पताल स्रोतले बताएको छ। अन्नपूर्ण पोस्ट बाट