झापामा सौर्य उर्जाबाट व्यवसायीक रुपमा बिधुत उत्पादन गर्नको लागी प्रक्रिया सुरु गरिएको छ । सोलार ईनर्जि बाट १० मेघावाट सम्म बिद्युत उत्पादन गर्ने लक्षका साथ स्थापना गरिएको झापा ईनर्जि लिमिटेड प्रा. लि. को जिल्ला भरी छलफल अघि बढाईएको झापा क्षेत्र नम्बर ३ का प्रदेश सभा सदस्य बसन्त बानियाँले जानकारी दिनुभयो ।

यसै क्रममा दमक क्षेत्रका ब्यवसायि र समाजिक अगुवाहरुको एक भेलाले गगन पुरीको सम्योजकत्वमा १३ सदस्सीय एक नगर स्तरिय समिति गठन गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

समितिको सह सम्योजकमा राजेन्द्र ढकाल रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा रुद्र कार्की, याम जि श्रेष्ठ, ईस्वर नेपाल, गोपाल गुरागाईं, युवराज घिमिरे, अजय अग्रवाल, द्रोण श्रेष्ठ, ज्ञानु पौडेल, राम रिमाल, राजेन्द्र ढकाल र तेज प्रसाद तिवारी रहनु भएको छ । समितिले यस क्षेत्रबाट कम्पनीमा शेयर रकम जम्मा गर्ने बिषयमा छलफल चलाउने बताईएको छ ।