काठमाडौं । मुम्बईस्थित चलचित्र जिरोको सेटमा आगलागी भएको छ । अघिल्लो बिहीबार साँझ एक्कासि आगो लागेको थियो जतिबेला शाहरुख सुटिङ सेटभित्रै थिए ।
मुम्बई पुलिसका अनुसार शाहरुख पूर्णरुपमा सुरक्षित छन् । तर, लाखौंको सामान भने नष्ट भएको बताइन्छ । २१ डिसेम्बरमा प्रदर्शनमा आउने यो चलचित्रको छायांकन अझै जारी छ । कान्तिपुर साप्ताहिकबाट










