काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको विधान मस्यौदामाथि छलफल हुने कांग्रेसले जनाएको छ ।

गत बिहीबारदेखि सुरु भएको कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरुले विधान मस्यौदा माथि धारणा राखिरहेका छन् । हिजोसम्म ६३ जनाले आफ्नो धारणा राखेको कांग्रेसले जनाएको छ ।