काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखामकी निर्मला पन्त हत्याको अनुसन्धानमा प्रहरी नजिक पुगेको छ । करिब ४ महिनापछि प्रहरीलाई यो सफलता प्राप्त भएको छ । तीन दिनअघि पक्राउ परेका निर्मलाका छिमेकी प्रदिप रावल र अन्य संदिग्ध व्यक्तिमाथिको अनुसन्धानमा प्रहरी घटना नजिक पुगेको हो । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार शंकास्पद व्यक्तिहरुमाथिको अनुसन्धान साँघुरिएको छ ।
प्रहरीले पक्राउ परेका चारैजनालाई काठमाडौंमा झिकाएर अनुसन्धानलाई जारी राखेको छ । केही व्यक्तिहरुले हत्या स्वीकार गरिसकेको स्रोतले जनाएको छ । उनीहरुको डिएनए परिक्षणका लागि प्रहरी विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । डिएनएको नतिजाले प्रहरीलाई थप सफलता मिल्नेछ । निर्मला पन्तको बलात्कार सामुहिक भनिएकाले कहिलेकाहीँ डिएनए मिल्न नसक्ने समेत प्रहरीको दाबी रहेको छ ।
अनुसन्धानको दायरालाई फराकिलो पार्दै साघुँरो बिन्दुमा पु¥याएको प्रहरी प्रवक्ता सुवेदीले जनता समाचार डटकमलाई जानकारी दिनुभयो । पक्राउ परेका चारैजना लागुपदार्थ दुव्र्यसनी रहेको प्रहरीको भनाइ रहेको छ । घटनाको नजिक पुगेतापनि उनीहरुलाई सार्वजनिक गर्ने बिषयमा प्रहरीले जानकारी दिएको छैन । जनता समाचार बाट










