बुटवल/केबि महरा
नेक्स्ट रेभुलेसन नेपालले आयोजना गर्न लागेको निशान-प्रताप बुटवल कन्सर्टको तयारी पुरा भएको छ ।
बुटवलमै पहिलो पटक हुन लागेको कन्सर्टको सम्पूर्ण तयारी पुरा भएको आयोजक नेक्स्ट रेभुलेसन नेपालका प्रबन्ध निर्देशक राजिव खनालले जानकारी दिए ।
मंसीर २२ गते बुटवलको देबिनगरको लुम्बिनी बाणिज्य क्याम्पसको मैदानमा हुने कन्सर्टमा नेपाल आईडल अन्तीम ५ भित्र परेका सुजाता पाण्डे, सेकेण्ड रनरअप प्रताप राना , फस्ट रनरअप निशान भट्टराई लगायत स्थानीय कलाकारहरुले मनोरञ्जन प्रदान गर्ने छन् ।
दिउँसो ३ बजेबाट शुरु हुने कन्सर्टका टिकटहरु बुटवलका बिभिन्न स्थानमा स्टलहरु राखेर बिक्रि बितरण भईरहेको कार्यक्रम आयोजकले बताएको छ ।










