नेपाल आईडलको उत्कृष्ट ४ मा पुग्न सफल कञ्चनपुरका रवि ओड आज धनगढी आउने भएका छन्।
उनि आईडलको सुरुवात देखिनै अब्बल रुपमा प्रस्तुत हुँदै आइरहेका छन्।
रबिले अडिसनको ४ मा परे संङ्गै थप उर्जा र हौसला लिन तथा खुशी सांट्न आफु धनगढी आउने जानकारी दिए।
नेपाल आयडलको उत्कृष्ट ४ मा पुगेका सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी ओडको विमानस्थलमै भब्य स्वागत समेत गरिने भएको छ।
सुप बाट एक्ला प्रतिस्पर्धी रविको अब्बल चमकले उनलाई नेपाली संगीतमा स्थापित हुने अवस्था थप वलियो वन्दै गएको हो।
उनी सुदुरपस्चिम बसाईको क्रममा सङ्गीतप्रेमी हरुसंङ्ग भेटघाटमा ब्यस्त रहने छन्।
सुपका एक्ला प्रतिनिधि रबिले आफू र समग्र सुपको जितका लागि सहयोग र हौसलाको सम्पुर्ण सुपबासी गितसंङ्गित प्रेमिहरुमा अपिल गरेका छन्।










